एचआइडीसीएलको नाफा बढ्यो, अन्य अवस्था कस्तो ?
प्रकाशित मिति
२०७८ माघ २८ गते, शुक्रबार ०६:३७
२८ माघ २०७८, काठमाडौँ : जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले गत वर्ष भन्दा ५।९१ प्रतिशत बढी नाफा कमाएको हो ।
गत वर्ष यस कम्पनीले ४२ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसले जलविद्युत आयोजनाहरुमा १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । यसैगरी, ४ अर्ब ८१ करोड रुपैयाँ जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा लगानी गरिएको कम्पनीले जनाएको छ । गत वर्ष यसै अवधिमा यसले ३ अर्ब ८६ करोड लगानी थियो ।
यो त्रैमाससम्म जलविद्युत लगानी तथा विकास कम्पनीले विभिन्न बैंकमा १४ अर्ब २ करोड रुपैयाँ आवधिक बचत गरेको छ । बाँकी २२ करोड ७६ लाख रुपैयाँ पनि बैंक निक्षेपमा बचत रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ७१ करोड रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ ८५ पैसा कायम भएको छ भने यसको प्रतिसेयर नेटवर्थ पनि १०६ रुपैयाँ ०३ पैसा रहेको छ ।








प्रतिकृया