• २७ भदौ २०८३, शनिबार
  • ४ः१३ बेलुका

भेटियो बालकुमारी मन्दिरबाट हराएको मूर्ति

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०९:२९

२८ माघ २०७८, काठमाडौँ : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज बिहान मूर्ति फेला परेको जानकारी दिए ।

National Life

‘प्रहरी प्रशासनको अत्यन्त दबावमूलक अनुसन्धान, प्राथमिकता र स्थानीयको जागरुकताको कारण मूर्ति फेला परेको छ,’ उनले भने । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करूणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ ।


बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केहीबेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति चोरी भएको थियो । सुनाकोठीको गुठीले मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया