• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

मनसुन अवधिमा रेडक्रसले २२ हजार परिवारलाई सहयोग गर्ने

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार ०२:३१

नेपाल रेडक्रस सोसाइटीले मनसुन पूर्वतयारी र प्रतिकार्य योजना तयार गरेको छ ।सन् २०१४ र २०१७ को मनसुन प्रतिकार्य योजना र प्रगतिका आधारमा यो योजना बनाइएको हो ।

National Life

पूर्व झापा देखि सुदुर पश्चिम कञ्चनपुर सम्मका २३ वटा तराई/मधेसका जिल्लामा जनजीवनलाई वढी असर पर्ने र २ लाख ५२ हजार परिवार प्रभावित हुनसक्ने र त्यसमध्ये करिव ८२ हजार घरधुरीलाई तत्काल सहयोग गर्नुपर्ने अवस्था आवास क्लस्टरले आँकलन गरेको छ ।रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालन गरिने छ र अति प्रभावित पाँचहजार प्रति परिवारलाई १० हजारको दरले नगद सहयोग हस्तान्तरण गरिने छ ।नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले भने, “नाजुक अवस्थामा आवास र सामग्रीको अलावा आपत्कालीन स्वास्थ्य, स्वच्छता र सरसफाई, संरक्षण, खाद्यसामग्री र नगद हस्तान्तरणको क्षेत्रमा पनि रेडक्रसले सहयोग गर्ने छ ।

नेरेसो केन्द्रीय कार्यालयमा मनसून योजना तयारी वैठकलाई सम्बोधन गर्दै गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका उपसचिव वेद निधि खनालले रेडक्रसको बनाउँदै गरेको योजना समग्र मनसून पूर्वतयारी योजनाको एक अंग हुने बताए ।सो आँकलन अनुसार नेपाल रेडक्रसले त्यसमध्ये २२ हजार पाँचसय (२७ प्रतिशत)लाई आपत्कालीन आवास र गैह्र खाद्य सामग्री सहयोग गर्ने योजना बनाएको छ । तर यो आँकलन नाजुक अवस्थाको परिकल्पनामा आधारित छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले अहिलेसम्म संघीय मामिला, परराष्ट्र, स्वास्थ्यलगायत ८ वटा मन्त्रालय, सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी र विभिन्न विभाग गरी १४ वटा निकायले यस्तो योजना बनाएको जानकारी दिए ।

हरेक वर्ष मनसुन सुरु हुनु पूर्व नेपाल रेडक्रसले नेपाल सरकार, संयुक्त राष्ट्रसंघका कार्यालयहरु, विभिन्न सहायता एजेन्सीहरु तथा संस्थाहरुको सहकार्यमा यस्तो तयारी गर्दै आएको छ ।

 

 

प्रतिकृया