• ४ असोज २०८३, आइतबार
  • ३ः०४ राती

आज नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

प्रकाशित मिति

२०७८ पुष २६ गते, सोमबार ११:१८

२६ पुस २०७८, काठमाडौँ : आज सोमबार नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २७ गते बुकक्लोज गर्ने भएको छ।

National Life

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MNFBS) ले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।


सोही प्रस्ताव पारित गर्न लघुवित्तले माघ ६ गते, बिहीबार, क्रिक रिसोर्ट, धादिङबेशी, धादिङमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। लाभांश प्रस्तावका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ता गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया