• २७ भदौ २०८३, शनिबार
  • ७ः११ बेलुका

निर्वाचन आयोगले तोक्यो राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्चको सीमा

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०७:२२

२१ पुस २०७८, काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिएका छन् ।

National Life

उनीहरुले सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । आयोगले उनीहरुका लागि खर्चको सीमा निर्धारण गरेको हो । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्नेगरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।


राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावली खरिद एक हजार, सवारी साधनरघोडा सत्तरी हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार तोकेको छ । यस्तै प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार गोष्ठीरअन्तरक्रिया एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा आयोगले ताकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया