• ३ असोज २०८३, शनिबार
  • १ः५७ दिउँसो

पाल्पा बस दुर्घटना : ६ जनाको सनाखत

प्रकाशित मिति

२०७८ पुष १८ गते, आईतवार ०५:५६

१८ पुस २०७८, काठमाडौँ : पाल्पामा भएको मलामी सवार बस दुर्घटनामा मृत्यु हुने ६ जनाको सनाखत भएको छ । दुर्घटनामा परेका घाइते १६ जनाको नाम पनि खुलेको छ । मृतक ७० वर्षीय वीरबहादुर विश्वकर्माको दाहसंस्कारका लागि गएको बस दुर्घटनामा उनका छोरासहित ८ जनाको मृत्यु भएको थियो । मृतक ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

National Life

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका २ बस्ने वर्ष २५ का शंकर विक, सोही ठाउँ बस्ने वर्ष ३६ का मोहन कुँवर, सोही ठाउँ बस्ने वर्ष २८ का भोजेन्द्र विक, रुपन्देही बुटवल उपमहानगरपालिका १९ बस्ने वर्ष ३२ का विजय थापा क्षेत्री, बुटवल उपमहानगरपालिका १७ बस्ने वर्ष ३० का पशुपति रसाइली र सोही ठाउँ बस्ने वर्ष ४० का खुमबहादुर रानाको सनाखत भएको छ । अन्य मृतकको सनाखत हुन बाँकी रहेको छ ।


घटनामा बुटवल उपमहानगरपालिका १७ बस्ने वर्ष ३८ का विशालसहित १६ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देही सैनामैना नगरपालिका ६ बस्ने वर्ष ३१ कि मिरा रामदाम, सोही स्थान बस्ने वर्ष ५० का श्यामबहादुर बिक, बुटवल उपमहानगर १७ बस्ने वर्ष ४५ का धनबहादुर सुनार, अर्घाखाँची पाणीनि गाउँपालिका १ का ५४ वर्षीय गोपाल नेपाली घाइते भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै अर्घाखाँची छत्रदेव गाउँपालिका ३ बस्ने ४३ वर्षीय लालबहादुर विक, अर्घाखाँची मालारानी गाउँपालिका २ बस्ने ३७ वर्षीय रमेश टोहटो, रुपन्देही तिलोत्तमा नगरपालिका १४ बस्ने ४५ वर्षीय दिलमाया सुनार र सोही ठाउँ बस्ने ४५ वर्षीय तारा सुनार पनि घाइते भएका छन् । उनीहरुको पाल्पा लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भईरहेको छ ।


यस्तै अर्घाखाँची मालारानी गाउँपालिका २ बस्ने ३९ वर्षीय तुल्सीराम विक, सोही ठाउँ बस्ने वर्ष २२ वर्षीय दिपक विक, बुटवल उपमहानगरपालिका १२ बस्ने ४८ वर्षीय माधव प्रसाद वस्याल, बसधनी अर्घाखाँची मालारानी गाउँपालिका २ का अर्जुन रसाइली पनि घाइते भएका छन् । सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण टोहटो र २७ वर्षीय विष्णु विक पनि घाइते भएका छन् । उनीहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भैरहेको छ ।


आज बिहान साढे १० बजे पाल्पा रिब्दिकोट गाउँपालिका २ लघुवास्थित तानसेन–रिडी सडक खण्डमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको थियो । बस सडकबाट अन्दाजी ५५ मिटर तल खसेको छ। बस चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिकृया