• ६ असोज २०८३, मंगलबार
  • ८ः१६ बिहान

विद्युतीय गाडीबाहेक बिलासी वस्तु आयातमा कडाइ गर्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०९:४१

६ पुस २०७८, काठमाडौँ : आयात निरुत्साहनका लागि भन्दै नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्रमा गाडी, फर्निचर तथा रक्सीसहितका डेढ दर्जनभन्दा बढी वस्तु आयातका लागि कडा व्यवस्था तोकिएको छ। तर विद्युतीय गाडीका हकमा भने नियम केही खुकुलो कायम गरिएको छ। राष्ट्र बैंकले सोमबार वाणिज्य र विकास बैंकका लागि जारी गरेको परिपत्रमा प्रतीतपत्र खोल्नुअघि नै तोकिएको वस्तुमा तोकिएको दरमा अनिवार्य रुपमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो।

National Life

नयाँ नियमअनुसार अब वस्तु आयात गर्नका लागि प्रतीतपत्र खोल्नुअघि नै बैंकले आयातकर्ता कम्पनीबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन बुझ्नुपर्ने छ। निर्देशनमा चिनी–चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा–भिनेगर, चुरोट–सुर्तीजन्य वस्तु, कस्मेटिक सामान, काठका सामान, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका बहुमूल्य सामान आयात गर्नका लागि आयातकर्ताले प्रतीतपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने व्यवस्था उल्लेख छ।


यसैगरी विद्युतीयबाहेकका गाडी र मोटरसाइकल आयातको लागि ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने छ। उच्च व्यापार घाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा सञ्चितिमा समेत दबाब बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो। यसअघि पनि राष्ट्र बैंकले चाँदी आयात कडाइ गर्न सीमा तोकेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया