भक्तपुर जिल्ला फुटबल संघले पुस १० देखि २८ सम्म जिल्लास्तरीय लिग गर्ने
प्रकाशित मिति
२०७८ पुष ६ गते, मंगलवार ०६:५६
६ पुस २०७८, भक्तपुर : जिल्ला फुटबल संघले जिल्लास्तरीय लिग गर्ने भएको छ । सोमबार लिगबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनअनुसार खेल पुस १० देखि २८ सम्म मध्यपुर युथ एसोसियसनको सानो ठिमीस्थित मैदानमा आयोजना हुनेछ । लिग अखिल नेपाल फुटबल संघ ९एन्फा० को वार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको हो ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा कुल १४ टिम खेल्नेछन् । टिमलाई ए र बी दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेल लिग चरणका आधारमा खेल हुनेछ । यस चरणको खेलको समाप्तिमा प्रत्येक समूहको शीर्ष स्थानमा रहने टिमले सेमिफाइनल यात्रा तय गर्नेछन् । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को उपविजेतासाग खेल्नेछ भने समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । यी खेलमा विजेता टिमबीच फाइनल हुनेछ ।
सहभागी टिममा जनप्रेमी स्पोर्टस क्लब, मध्यपुर युनाइटेड एफसी, लोकन्थली एफसी, दिब्येश्वरी युथ समाज, दिब्येश्वरी क्लब, ठिमी युथ क्लब, विश्व विनायक एफसी, वेलफेयर स्पोर्टस क्लब, वृहस्पति युवा क्लब, बालकोट ब्वाइज क्लब, सत्य संसार, मध्यपुर जागरुक युवा क्लब, भक्तपुर युनाइटेड एफसी र समृद्ध नेपालको लागि युवा समाज छन् ।
समूह ए मा जनप्रेमी स्पोर्टस क्लब, लोकन्थली एफसी, दिब्येश्वरी क्लब, वृहस्पति युवा क्लब, मध्यपुर जागरुक युवा क्लब, समृद्ध नेपालको लागि युवा समाज र भक्तपुर युनाइटेड एफसी रहेका छन् । यस्तै समूह बी दिब्येश्वरी युथ समाज, वेलफेयर स्पोर्टस क्लब, सत्य संसार, ठिमी युथ क्लब, बालकोट ब्वाइज क्लब , विश्व विनायक एफसी र मध्यपुर युनाइटेड एफसी रहेका छन् ।






प्रतिकृया