• १८ असोज २०८३, आइतबार
  • ३ः५४ दिउँसो

कांग्रेस महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०५:१६

२३ मंसिर २०७८, काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

National Life

सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबार शुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए ।


वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिष्कार गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ ।

प्रतिकृया