• १८ असोज २०८३, आइतबार
  • ३ः१२ दिउँसो

दुई लाख नगदसहित दाङमा ६ जुवाडे पक्राउ

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०५:१७

२३ मंसिर २०७८, काठमाडौं :  दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही-१३ डुम्मर गाउँबाट पक्राउ परेका हुन् ।

National Life

३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका-४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका-३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् ।


४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका-४ बस्ने ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामत भएको छ ।

प्रतिकृया