भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको शुक्रबार अन्त्येष्टि
प्रकाशित मिति
२०७८ मंसिर २३ गते, बिहीबार ०९:३३
मंसिर २३,२०७८ , काठमाडौं : बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भएका भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ सीडीएस तथा पूर्वसेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्तेष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानकारी दिएको हो । उनको शव आज दिल्ली ल्याइदैछ ।
रावत चढेको भारतीय वायु सेनाको एमआई–१७ भी ५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइते एक जनाको अस्पतालमा उपचार भइरहेको छ ।
दर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनबरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए।
रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे आज साँझ संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।








प्रतिकृया