• ४ असोज २०८३, आइतबार
  • १ः३३ राती

धरहराबाट आसिफको घोषणा- मंसिर २३ गतेबाट नेपाल आइडल प्रसारण हुँदैछ

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०९:४२

फाइल तस्वीर
१७ मंसिर ,२०७८ , काठमाडौं :  चर्चित रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजनको प्रसारण मिति सार्वजनिक गरिएको छ । ‘नेपाल आइडल सिजन ४’ मंसिर २३ गतेबाट प्रसारण हुनेछ ।

National Life

धरहराको बार्दलीमा बसेर यो शोका होस्ट आसिफ शाहले प्रसारण मिति सार्वजनिक गरेका हुन् । ‘नेपाल आइडल’ एपी १ एचडी टेलिभिजनबाट प्रसारण हुनेछ । उनले राजा महाराजाहरुको पालामा अग्लो ठाउँबाट कटुवालले सन्देश पुर्‍याउने शैलीमा यो रियालिटी शोको चौथो सिजनको प्रसारण मिति सार्वजनिक गरेका छन् ।


नेपाल आइडलका अघिल्ला तीन सिजनले दर्शकको उल्लेख्य साथ पाएको थियो । यो शोबाट जन्मिएका थुप्रै प्रतिभाहरु अहिले नेपाली सांगीतिक क्षेत्रमा चर्चित छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

‘नेपाल आइडल’को चौथो सिजनमा आइपुग्दा यसका निर्णायक पनि परिवर्तन भएका छन् । चौथो सिजनमा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा छन् ।


यसपटक निर्णायकहरुको छनोटमा एक सय भन्दा बढी प्रतिस्पर्धी अगाडि बढ्नेछन् । तर, गाला राउण्डमा पुग्दा १२ जना प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यो शोका निर्देशक सुरेश पौडेल हुन् ।

प्रतिकृया