• ४ असोज २०८३, आइतबार
  • १२ः१२ राती

आज नेपालका धेरैजसो स्थानमा भारी हिमपात र वर्षा हुने

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०९:२४

१७ मंसिर २०७८, काठमाडौं : आज नेपालका धेरैजसो स्थानमा भारी हिमपात र वर्षा हुने भएको मौसमविदहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भागमा वर्षा र हिमपात हुनेछ ।

National Life

विशेषत दिउँसोदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहँदा यसको प्रभाव रहने जनाइएको छ । त्यस्तै रातिको समयमा भने कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने बताइएको छ । उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेकोले मुलुकभरी चिसो बढ्ने बताइएको छ । जसका कारण पर्वतारोहण, हवाई तथा यातायातलगायत जस्ता कुराहरुमा असर पर्ने बताइएको छ ।


तराईका भूभागमा हुस्सु र कुहिरो लाग्नाले झनै चिसो बढ्ने बताइएको छ । आज काठमाडौंको तापक्रम बढीमा १९ देखि २१ डिग्री सेल्सियससम्म रहने बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया