• १८ असोज २०८३, आइतबार
  • १ः५८ दिउँसो

फेरि नगरप्रमुख भएर बाँकी काम फत्ते गर्ने दिशामा अगि बढिरहेको छु, मध्यपुर थिमि नगरपालिकाका- प्रमुख श्रेष्ठ

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार ०७:२६

१६ मंसिर २०७८,भक्तपुर : मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले फेरि नगरप्रमुख बन्ने दिशामा अगि बढिरहेको बताउनुभएको छ ।नगरपालिकामा गर्नुपर्ने र गर्न सकिने धेरै काम अधुरा छन् भन्दै एक पटक फेरि नगरप्रमुख भएर बाँकी काम फत्ते गर्ने र यसमा सबै जनसमुदायको साथ र पार्टीले सहयोग गर्ने अपेक्षाका साथ अगि बढिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

National Life

नगरपालिकालाई पर्यटकीय गन्तय बनाउने , कोरोनाले कति काम गर्न नपाएको अबस्थामा नगरको समग्र बिकास ,मनोहरा र हनुमन्ते करिडोर निर्माण, मध्यपुरको आन्तरीक र बाह्य चक्रपथ निर्माण लगायतका काम अंशिक रुपमा भएकाले यसलाई पुरा गर्न दोहोर्याउन चाहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


यसैगरी शिक्षा र सहकारीका क्षेत्रमा ऐन बनाएर धेरै काम गर्न बाँकी छ भन्दै स्वास्थ्यको क्षेत्रमा ,कम्पोष्ट मल प्रबिधिलाई नगर ,उपत्यका र प्रदेशभर फैलाउन तथा गन्तब्य मध्यपुरलाई पुरा गर्ने सपना र सोच लगायत काम पुरा गर्न एक कार्यकालले नपुगेको महसुस उहाँले गर्नुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दोहोर्याएर बाँकी अर्को कार्यकालमा सबै काम पुर्ण गर्ने लक्ष्य निर्धारण गरिसकेको उहाँको भनाई छ । ४ बर्षको अन्तरालमा नगरको मुहार पुर्ण रुपमा फेरिएको दाबी गर्दै प्रतिकुलताका बाबजुद पनि प्रष्ट भिजनका साथ अनियमिततामा नमुछिई स्पष्ट बिचारका साथ बिकासको मोडल बनाएर आफुले काम गरेकाले जनताले आफूलाई दाहोर्याउन हात कमाउन नपर्ने उहाँको भनाई छ ।


उहाँले भन्नुभयो, “संघीयताको मोडलमा पहिलोपटक मेयर हुँदा त गर्भै लागेको थियो तर काम गर्दै जाँदा संघीयता ब्यबहारीक रुपमा कार्यान्वयनमा आईनसकेको महसुस भयो ।”


संघीय र प्रदेशिक सरकारका ब्युरोक्रयाट्सले यसको मर्मलाई ईमान्दारपुर्वक कार्यान्वयन गरेको पाईएन भन्दै उहाँले सकेसम्म अठ्याउने र अप्ठ्यारो पार्ने नियत मात्र देखिएकोले जनप्रतिनिधि ,ब्युरोक्रयाट र मन्त्रीसँग द्धन्द्ध गर्नुपर्ने स्थिति रहन गएको बताउनुभयो ।


संघीयता कार्यान्वयन गर्ने सम्बन्धमा अन्तरद्धन्द्ध रहेको र ब्युरोक्रयाटले संघीयता नरुचाएको उहाँको कटु अनुभव छ । घोषणापत्र अनुसार धेरै काम गर्यौं गर्न खोज्यौ उहाँ भन्नुहुन्छ तर पुर्ण रुपमा काम गर्न भने नगरपालिकाको राजनीतिक समिकरण र अबस्थाले सकिएन तर पनि मध्यपुरमा सुनिने र देखिने गरि परिवर्तन गरेका छौं ।


शिक्षा ,स्वास्थ्य फोहोर मैला ब्यबस्थापन,खानेपानी बितरण, सम्पदा पुननिर्माण ,जग्गा एकीकरण आयोजना र दिगो बिकासका सन्दर्भमा घोषणापत्रमा उल्लेखित र निर्देशित भए अनुसार मध्यपुरको समग्र बिकासको दिशामा काम गरेका छौं ।धेरै कुरामा सफलता पायौ तर पुर्ण सन्तुष्ट हुने ठाउ छैन नगरप्रमुख श्रेष्ठको भनाई छ ।


२० देखि २५ बर्षको भिजन अनुसार घोषणापत्र जारी गरेका थियौ ।त्यो ५ बर्षको अबधिमा पुरा हुने कुरा त भएन उहाँ भन्नुहुन्छ“बजेटको सीमितता , नीतिरुपमा कार्यान्वयन गर्न नगरपालिकाको समिकरण अनुसार चरम अल्पमतमा रहेर काम गर्दा समन्यन गर्न र ब्यबस्थापनमा बढी समय लाग्यो ,अर्को ब्युरोक्रयाट्स संघीताको मर्म बिपरीत जान खोज्दा कारवाही गर्नुपर्ने र फर्काउने अबस्थाले काममा केही बाधा आए ।”


सम्पदा संरक्षण नेपालकै नमुना र अगुवाईको रुपमा रहेको उहाँको दाबी छ । ३७ वटा पाटी,२३ वटा मठ मन्दिर ,पन्ध्र वटा पोखरी ,५ वटा बिहार ,३ वटा दरबार,२५ वटा ढुंगेधारा,२० वटा ईनार उत्खनन् गरेर बनाएको र सबै गल्लीमा ढुंगा छाप्ने तथा शंखधर पार्क कुमारी पार्क ,ईन्द्रायणी पार्क लगायत तेह« वटा पार्क निर्माण सम्पन्न गरेको र यसलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा समेत मुल्यांकन भएको र एसियन टाउन स्केप एवार्ड जित्न सफल भएको उहाँ बताउनुहुन्छ ।


स्वास्थ्यका क्षेत्रमा पनि नमुनाकै रुपमा काम गर्यौ भन्दै पीएचसीको रुपमा रहेको कोरिया मैत्री नगरपालिका अस्पताललाई अहिले अन्य अस्पतालबाट बिरामी उपचार गर्न आउने अस्पतालको रुपमा बिकास गरेको र पीसीआर परीक्षण गर्ने देशमै नगरपालिकाको एकमात्र अस्पतालको रुपमा यो अस्पताल रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


कोरोनको दोस्रो वेभको बेला अक्सिजन प्लाण्ट बनाउन सफल भएको र कोभिडको बेला जुन प्रतिकार्य गर्यौ त्यो नमुनाको रुपमा रहेको उहाँको दाबी छ ।


नगरप्रमुख श्रेष्ठले खानेपानीको क्षेत्रमा पनि उपत्यकामै सबभन्दा ब्यबस्थित रुपमा बितरण प्रणाली बिकास गरेको र २० बर्ष देखि पानी नआएका धारामा पानी आउन थालेको उल्लेख गर्नुभयो ।


फोहरमैला ब्यबस्थापनमा जापानी प्रबिधिलाई भित्र्याएर घरघरबाट फेहोर उठाएर कम्पोष्ट मल बनाउने काम सुरु गरेको र रु३ करोड भन्दा बढीको मल बिक्री गरेको साथै यहाँको मल राष्ट्रपति कार्यालयको प्राङ्गणमा प्रयोग गरिरहेको र अन्य ५ नगरपालिकाले समेत यो प्रबिधिको सिको गरेको उहाँको भनाई छ ।


जग्गा एकीकरण तथा बस्ती बिकास ऐन २०७६÷ ७७ नेपालमै पहिलो पटक ऐन बनाएको मन्त्रालयमा पठाएको र ५ वटा एकीकरण आयोजना संचालनमा रहेको र ७ वटा तरखरमा रहेको जानकारी दिनुभयो ।


मानवीय र वातावरणमैत्री बिकासमा नपाले जोड दिएको ,रुखो बिकास मात्र नगरेको र सन्तुलन मिलाउने प्रयास गरेको र समग्र बिकासमा जोड दिएको उहाँको स्पष्टोक्ति छ ।


उहाँ भन्नुहुन्छ ,पुर्ण मेजोरिटी भएको ठाएमा त अन्तरद्धन्द्ध भए भने यहाँ त फरक अबस्था छ ।राजनीतिक रुपमा एकल बहुमत भयो भने सहज रुपमा निर्णय प्रकृयामा जान सकिन्थ्यो जसले गर्दा अलि काममा बढी ढिलाई भएकोले कर्फटेबल मेजोरिटी भएको भए अझ बढी काम गर्न सकिन्थ्यो होला भन्ने लाग्छ नगरप्रमुख श्रेष्ठलाई ।तथापि धेरै साथीको सहयोग पाईयो तर पनि बिवाद र अन्तरसंघर्षमा बढी समय बितेको यथार्थ रह्यो उहाँ भन्नुहुन्छ ।


स्थानीय सरकारले काम गर्न मनोबल उच्च चाहिन्छ भन्दै राम्रो काम गर्न अख्तियार, सतर्कता केन्द्र र महालेखा कसैले नरोक्ने महसुस भएको छ उहाँलाई ।


आफंै बिधान ,नियम, ऐन कानुन बनाएर जान सकिने अबस्था छ भन्दै उहाँले संबिधानको मर्म अनुसार प्रदेश र संघीय सरकार समन्वय गर्दै चल्नुपर्छ भन्नुभयो ।


आर्थिक लाभ र अनियमितताका सन्र्दमा हाम्रो नगरपालिका चोेखो भएको दाबी गर्दै नगरप्रमुखखका रुपमा दावाका साथ आईकनको रुपमा काम गरेका बताउनुभयो ।


आफूचोखो भए पछि अरुलाई पनि यसैमा डोर्याउन सकिंदो रहेछ भन्दै नगरप्रमुख निर्वाचित भैसकेपछि एउटा पार्टीबाट आए पनि समग्र जनताको हो भन्ने मान्यताले समन्याय दिने कोशिस गरेको बताउनुभयो ।


कोभिड प्रतिकार्य ,संघीयता कार्यान्वयन गर्ने सवालमा सिंहदरबारसँग अडान लिने कुरामा र पर्यटकीय नगरी बनाउने सन्र्दमा मिडियामा चर्चित रहेको र मिडिया र मिडियाकर्मीसँग र पत्रकार महासंघसँग समन्वय गरेर काम गरेको उहाँको भनाई छ ।

प्रतिकृया