प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णय तत्काल खारेज गर अनेरास्वबियु
प्रकाशित मिति
२०७८ मंसिर १६ गते, बिहीबार ०६:०८
१६ मंसिर २०७८, काठमाडौँ: ४ मैसिर २०७८, काठमाडौं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्वबियु)ले करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णयप्रति घोर आपत्ति जनाउदै खुल्ला र पारर्दशी प्रतिस्पर्धाबाट प्राध्यापक छनौट गर्ने प्रकृया शुरु गर्न जोडदार माग गरेको छ । सो संगठनकी अध्यक्ष सुनिता बरालले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेकी हुन् ।
करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णय गलत भएको भन्दै अविलम्ब फिर्ता लिन र खुल्ला प्रतिस्पर्धा मार्फत आवश्यक पुर्ण दरबन्दी परिपुर्ति गर्न त्रिभुवन विश्वविध्यालयसँग जोडदार माग अनेरास्वबियुले गरेको छ । त्यस्तै, विश्वविध्यालयलाई प्राज्ञिक थलो बनाउन सबै सरोकारवाला पक्षहरुसँग सहयोगको लागी बिज्ञप्तिमार्फत अपिल समेत गरिएको छ ।
।
देश बिदेशमा रहेका दक्ष जनशक्तिलाई विश्वबिद्यालय सेवामा भित्राउने उपाय भनेको नियमित रुपमा त्रिभुवन विश्वबिद्यालय सेवा आयोगको परिक्षा गराउनु नै हो । विभिन्न समयमा आंशिक÷करारमा नियुक्त प्राध्यापकहरुको ब्यवस्थापन गर्ने नाममा मेरिट र प्रतिस्पर्धा भन्दा बाहिर गएर गरिने कुनै पनि मापदण्ड र विशेष ब्यवस्थाको पक्षमा अनेरास्ववियु नरहेको कुरा जानकारी गराउदछौँ , बिज्ञप्तिमा लेखिएको छ ।
विश्वविध्यालय आफैमा एक प्राज्ञिक थलो हो र हुनुपर्ने भन्दै प्राध्यापक तथा कर्मचारी नियुक्ति गर्दा सेवा आयोग मार्फत खुल्ला प्रतिस्पर्धा गराई प्रतिस्पर्धाबाट उत्कृष्ट र उत्कृष्टहरु मध्येबाट उपयुक्त जिम्मेवारी दिने प्रणाली स्थापित गर्नुपर्ने माग अखिलले गरेको छ ।
यस्तै, अध्यक्ष बरालले त्रिविले यस गलत निर्णय नसच्याए चरणवद्द आन्दोलनमा उत्रने चेतावनी समेत दिएकी छिन । त्रिभुवन विश्वबिद्यालयको शैक्षिक गुणस्तर उचो बनाउन विश्वबिद्यालयले आफुलाई समय अनुरुप परिवर्तन गर्दै आफुलाइ “शैक्षिक एक्सेलेन्ट” केन्द्रको रुपमा विकसित गर्नुपर्दछ भन्ने मान्यतामा अनेरास्ववियु प्रतिवद्ध रहेको कुरा बरालले उल्लेख गरेकी छिन् ।









प्रतिकृया