• २० असोज २०८३, मंगलबार
  • ११ः१७ राती

नेपाली सेयरबजार आज पनि ओरालो लागेको छ

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार ०५:१२

१४ मंसिर २०७८, काठमाडौं : नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.६४ अंकले झरेको हो। यो हप्ता सेयरबजार राताम्य देखिरहँदा मंगलबार पनि यसले निरन्तरता पाएको छ।आज क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक शून्य दशमलव १८ अंकले हरियो छ।

National Life

मंगलबारको कारोबारमा २२५ कम्पनी सामेल भएका छन्। उनीहरुको ६४ लाख ४७ हजार कित्ता मात्रै सेयर बिक्री भएको छ।


दिनभरिमा ४१ हजार ५ सय ८५ पटकको खरिदबिक्रीपछि बजारमा ३ अर्ब ८ करोड ९० लाखको कारोबार भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आज लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, वाणिज्य बैंक र व्यापार समूहका सूचक झरेका छन् भने बाँकी समूहको सूचक हरियो देखिएको छ।


आज सामलिङ पावर कम्पनी र ङादी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत हाराहारीले बढ्दा लगानीकर्ताले कमाए पनि अन्यले कमाउन नसकेको नेप्सेले जनाएको छ।


गुमाउने लगानीकर्ताले आज ४.७७ प्रतिशतसम्म घाटा व्यहोरेका छन्।

आज कम्पनीहरुको अधिकतम १६ करोड रुपैयाँसम्मको मात्रै कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिकृया