• १८ असोज २०८३, आइतबार
  • १२ः५३ दिउँसो

सहमतिका लागि दबाब दिन्न : एमाले अध्यक्ष ओली

प्रकाशित मिति

२०७८ मंसिर ७ गते, मंगलवार ०३:४३

७ मंसिर, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि दबाब नदिने र आग्रह समेत नगर्ने बताएका छन् ।

National Life

मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले ‘सहमतिका लागि दबाब नदिने र लोकतन्त्र हो भनेर उकास्नुपर्छ भन्ने नीति पनि नराख्ने बताएका छन् । मिलेर जानु राम्रो भएको तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको हुने भएकाले केही नभन्ने बोल्ने उनले बताएका छन् ।


‘भरसक कर लगाएर उठिदिनुस् भन्न परोस्, कामको मूल्यांकनका आधारमा तपाईं बसिदिनुस् भन्न परोस्, भएन भने चुनाव हुनु राम्रो, उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

’पृष्ठभूमि जे भए पनि अहिले एमालेमा एउटै पक्ष मात्र रहेको समेत ओलीले बताए । ‘त्यसकारण यो पक्ष, त्यो पक्षको व्यवस्थापन भन्ने छैन । चुनाव लडेर भोट ल्याउनुपर्छ, त्यही हो व्यवस्थापन’ उनले भने ।

प्रतिकृया