• २१ असोज २०८३, बुधबार
  • ४ः५१ बिहान

६९ अंकले नेप्से बढ्दा महालक्ष्मीको कारोबार सर्वाधिक

प्रकाशित मिति

२०७८ कार्तिक ३० गते, मंगलवार ०४:५०

३० कार्तिक, २०७८ काठमाडौँ :  नेप्सेमा आज हरियाली छाएको छ । शेयरबजार ६९ अंकले बढ्दा ५ अर्ब बढीको शेयर कारोबार भएको हो ।
सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ ।

National Life

बैंकको आज ३७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


यसैगरी, अपि पावर कम्पनीको २३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख, नेपाल टेलिकमको १६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया