• २३ भदौ २०८३, मंगलबार
  • १२ः०० दिउँसो

म्याग्नेटिक कार्ड प्रयोग गरी एटिमबाट पैसा निकाल्ने कार्यमा संलग्न एक पक्राउ

प्रकाशित मिति

२०७६ असार ७ गते, शनिबार ०८:२१

काठमाडौं ।
अनाधिकृत र ग्रैहकानुनी रुपमा फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरी बैंक एटिएमबाट पैसा निकाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-३१ बस्ने बारा पिपरपानी-७ घर भएका ३३ वर्षीय राजु कुमार पाण्डेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं उपत्यकास्थित बिभिन्न एटिएम वुथबाट विभिन्न कार्डहरु प्रयोग गरी २० लाख रुपैयाँ भन्दा बढि रकम निकाल्ने कार्यमा संलग्न पाण्डेलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पाण्डेको साथबाट विभिन्न बैंकका डेविड कार्ड, मास्टर कार्ड र भिषा कार्ड समेत गरी १२ थान, मोबाइल २ थान, ल्यापटप २ थान, नगद ६ लाख ८६ हजार रुपैयाँ र बा.७३ प ७६८५ नम्बरको मोटरसाइकल १ थान समेत प्रहरीले बरामद छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पाण्डेले ठमेलमा चिनजान भएका ३ जना रोमानियन नागरिकसँग मिलेर उक्त बैंकका एटिम बुथबाट अनाधिकृत रुपमा रकम निकाल्ने गरो खुल्न आएको छ । उक्त रकम उनीहरुले आपसमा बाँडफाँड गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको र हाल तीनै जना रोमानियन नागरिकहरुले नेपाल छोडी सकेको बुझिएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिकृया