• २१ असोज २०८३, बुधबार
  • १ः४१ राती

सुनचाँदीकै मूल्य घट्यो, आजको बजार भाउ कति ?

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ११:३३

१२ असोज, २०७८ काठमाडौँ : मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

National Life

महासंघका अनुसार आज घटेको मूल्य अनुसार सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार बजारमा सुन प्रतितोला ८९ हजार तीन सय रुपैयाँ र चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।


यता, तेजाबी सुनको मूल्य पनि गत सोमबारको मूल्यमा नै तीन सय रुपैयाँले गिरावट आउँदै ८८ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया