• २१ असोज २०८३, बुधबार
  • ३ः०८ दिउँसो

ट्रम्प आदेश : इरानमाथि हवाई हमला

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०३:५९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको आदेश दिएको खुलेको छ । इरानले अमेरिकी ड्रोन खसालिदिएपछि आक्रोशित ट्रम्पले बिहिबार साँझ हवाई हमलाको निर्देशन दिएका थिए ।

National Life

अमेरिकी सुरक्षा अधिकारीलाई उदृत गर्दै टाइम म्यागाजिनले जनाएअनुसार आक्रमणको निर्देशन दिएपछि अमेरिकी सैन्य विमान र युद्धपोतहरु तयारी अवस्थामा थिए । आक्रमण राष्ट्रपति ट्रम्पबाट अनुमोदन भइसक्दा अमेरिकाले केही घन्टामा आक्रमण गर्दै थियो । तर, तयारी भइसक्दा अचानक स्थगित गरिएको थियो । ट्रम्पले अनुमोदन गरिसकेको आक्रमणको तयारी एकाएक रोकिनुको कारणबारे खोजी भइरहेको छ ।

इरानमाथिको आक्रमणले अरब क्षेत्रमा मात्र नभई विश्वभर असर पर्ने खतरा रहेको छ । इरानले ड्रोन खसालिदिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनी दिदै इरानले ठूलो गल्ती गरेको ट्वीट गरेका थिए । इरानले जासुसीका लागि आफ्नो हवाई क्षेत्रमा आएको ड्रोन खसालेको दाबी गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकी राष्ट्रपति ट्रम्प विश्वका सबैभन्दा ठूला आर्थिक शक्ति २० राष्ट्रहरुको सम्मेलनका लागि आउँदो हप्ता जापान जान लाग्दै गर्दा पछिल्लो घटना विकास भएको हो । इरानमाथि अमेरिकाले हवाई हमला गर्दा सम्मेलनमा असर पर्ने सम्भावना थियो । स्रोत : रिपोर्टर्स क्लब

प्रतिकृया