आप्रवासीलाई एक डलरमै हवाई यात्रा
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ०१:३३
मेक्सिकोमा रहेको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर प्रदान गर्ने भएको छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रबर्द्धनात्मक योजनाबमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख छ। स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको भनाई छ ।
आगामी जुन ३० तारिखसम्म दिइने यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड जुआरेज, गुइडालाजारा र मेक्सिको सिटी विमानस्थलमा सम्पर्क गर्नुपर्नेछ । यो सेवा कोस्टारिका, एल साल्भाडोर र ग्वाटेमालाका नागरिकका लागि उपलब्ध हुनेछ ।
सन् २०१८ को अन्त्यसम्ममा हजारौं मध्य अमेरिकी नागरिक अमेरिका प्रवेशका लागि मेक्सिकोमा भेला भएका छन् । उनीहरु आफ्ना देशमा जारी हिंसा र गरिबीका कारण पलायन भएको बताइएको छ ।






प्रतिकृया