• ६ असोज २०८३, मंगलबार
  • ७ः४८ बिहान

सिंहदरबारभित्र मन्त्रीको खोजी

प्रकाशित मिति

२०७८ भाद्र ३१ गते, बिहीबार ०९:३२

३१ भाद्र, २०७८ काठमाडौँ : अधिकांश मन्त्रालय मन्त्रीविहीन रहेका कारण सिंहदरबारमा आउने अधिकांश सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन् । महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका अनुसार सिंहदरबारमा दैनिक ६ सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन् । तर, मन्त्रालय मन्त्रीविहीन भएकाले अधिकांश सेवाग्राही रित्तो हात फर्किने गरेका छन् ।

National Life

कास्कीबाट पर्यटनसम्बन्धी काम लिएर बुधबार पर्यटन मन्त्रालयका आएका पेशल आचार्यले २ महिनादेखि आफ्नो फाइल मन्त्रालयमा अड्किएको बताए । उनी भन्छन्, ‘सचिवज्यूले मन्त्री नआई फाइल सदर हुँदैन भन्नुहुन्छ, अझै मन्त्री कहिले आउने हो थाहा छैन, मन्त्री नहुँदा हामीजस्ता सेवाग्राहीले सास्ती झेल्दै छौं ।’


धेरैवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रालयको नीतिगत फाइल सदर गर्नमै अहिले बढी समय लाग्ने गरेको बताइएको छ । मन्त्री नभएका सम्बन्धित मन्त्रालयका सचिवहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दौड्नुपरिरहेको छ । त्यसै गरी, मन्त्रालयबाट हुने नीतिगत निर्माणमा पर्याप्त छलफलसमेत हुन नसकेको मन्त्रालयकै कर्मचारीहरूको गुनासो छ । उनीहरू भन्छन्– ‘मन्त्री नभएपछि धेरै काम नै हुँदैन, आयो हाजिर गर्‍यो, त्यसपछि घरतिर लाग्यो ।’

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयमा आउने सेवाग्राहीलाई पनि मन्त्रालयका कर्मचारीले मन्त्री नभएकाले नीतिगत काम हुन नसक्ने भन्दै फर्काउने गरेका छन् । हुन त कर्मचारी महत्वपूर्ण कार्य भए तत्काल नै गर्नुपर्ने फाइल बोकेर प्रधानमन्त्रीज्यू समक्ष पुर्‍याएर सदर गराएर ल्याउने गरेको बताउँछन् । तर, सेवाग्राहीले भने हैरानी खेप्नुपरेको गुनासो गर्ने गरेका छन् ।


पाल्पाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काम लिएर आएको पवन श्रेष्ठले पनि मन्त्रालयमा मन्त्री नहुँदा आफ्नो काम रोकिएको गुनासो गर्दै भने – ‘काम सानो छ, मन्त्री नहुँदा त्यही पनि ठूलो भएर बसेको छ ।’

प्रतिकृया