
नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि भर्ना खुल्यो (सूचनासहित)
प्रकाशित मिति
२०७८ भाद्र ३१ गते, बिहीबार ०९:४७

३१ भाद्र, २०७८ काठमाडौँ : नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि भर्ना खुलेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । भर्ना छनोटका लागि आज (बिहीबारदेखि) असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेल थप ७ दिन अर्थात असोज ७ गतेसम्म दरखास्त फाराम भर्न सकिने जंगी अड्डाले जनाएको छ ।
दरखास्त फाराम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ । फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिनेछ भने फाराम पेश पनि त्यहीँबाट गर्नुपर्नेछ । छनोट प्रक्रिया भर्ना छनोट निर्देशनालय, जंगी अड्डामै हुनेछ ।


प्रतिकृया