• १९ असार २०८३, शुक्रबार
  • ६:१० बेलुका

यसरी बन्दैछ हनुमन्ते करिडोर

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार १०:५७

भक्तपुर । अघिल्लो वर्ष असारको अन्तिम साता अविरल वर्षापछि आएको बाढीले भक्तपुर जिल्लाका मध्यपुर थिमि, सुर्यविनायक, भक्तपुर नगरका धेरै स्थान डुवानमा परे । हनुमन्तेमा आएको बाढी स्थानीय बस्तीमा पसेपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका स्थानीय संघ संस्थाले करिव दुई सय घरबाट स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको थियो । यस पटक पनि वर्षाको सिजन शुरु भएको छ । तर, अवस्था केहि फरक भएको छ ।

गत वर्षको डुवानबाट पाठ सिक्दै गत मंसिरबाट निर्माण सुरु भएको भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण थालिएको अवस्था छ । कोरिडोर निर्माण अन्तर्गत राधेराधेदेखि थिमिसम्मको करिव दुई दशमलव ५ किलोमिटर क्षेत्रमा हनुमन्दी नदीको बहाव क्षेत्र  २० मिटर बनाएर दाँया बाँया अग्लोसंग वाल लगाएका कारण यस पटक नदीको बहाव स्थानीय वस्तीमा नपस्नेमा विश्वस्त हुनु हुन्छ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन शुन्दर श्रेष्ठ । डुवानबाट पाठ सिकेर समयमै ठेक्का लगाएर काम गरिएका कारण यस पटक नदीको बाढी पसेर दुःख नदिनेमा स्थानीयवासी पनि विश्वस्त छन् ।

Kamana Sewa

गत वर्षको बाढीपछि एक–डेढ महिनासम्म त्रासमा बस्नु परेको अनुभव सुनाउँदै भक्तपुर नगरपालिका वडा नं. १ का नारायण जंग पाण्डे यस पटक कोरिडोरको काम भएका कारण केहि राहत मिल्नेमा विश्वस्त हुनु हुन्छ । पाण्डेका अनुसार, अझैपनि वस्तीमा बाढी पस्न नदिनका लागि नदी भित्रको माटो सफाईमा ध्यान दिनु आवश्यक छ ।

Classic Tech Desktop

कोरिडोर अन्तर्गत अधिकार सम्पन्न बाग्मति सभ्यता एकिकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माणका लागि ८१ करोडको ठेक्का आव्हान गरेको थियो । जुन कामका लागि पिएस गोल्डेनगुड समानान्तर जेभीले करिव ६८ मा ठेक्का पारेर सम्झौता गरी मंसिरदेखि नै काम शुरु गरेको थियो ।

सो काम अन्तर्गत करिव ५५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै गएकाले सो क्षेत्रको खोलाको चौडाइ फराकिलो बनाइ करिडोर निर्माणकार्य शुरु गरिएको आयोजनाले जनाएको छ । बागमती नदीको सहायक नदीका रुपमा बहने हनुमन्ते खोलाले वर्षायाममा बस्ती डुबान गर्न थालेपछि आयोजनाले नदी क्षेत्रमा करिडोर निर्माण शुरु गरेको हो ।

भक्तपुरका चारवटै नगरपालिका चाँगुनारायण, भक्तपुर, सूर्यकिवनायक र मध्यपुर थिमि क्षेत्र भएर बग्ने हनुमन्ते नदीको कूल लम्बाइ नौ किमि छ । त्यसपछि यो नदी बागमतीमा मिसिन्छ । हनुमन्ते नदीलाई चार भागमा विभाजन गरी करिडोर निर्माणको प्याकेज तयार गरिएको र पहिलोचरणमा चार किमि नदी क्षेत्रमा काम मंसिरदेखि शुरु गरिएको थियो ।

करिडोर निर्माण अन्तर्गत रिटेनिङ वाल लगाउने, नदी किनाराका दुवै किनारामा  २०  मिटरको पक्की सडक निर्माण गर्ने, सडक किनारामा हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिने कार्यक्रम रहेको प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री महेश बस्नेत बताउँनु हुन्छ । बस्नेतका अनुसार, आगामी दुई वर्षभित्रमा हनुमन्ते करिडोरको सम्पूर्ण काम सक्ने गरी काम अघि बढाइएको छ ।

भक्तपुरलाई बाढीबाट जोगाउँनेमात्र होईन, सवारी जाममुक्त बनाउन समेत हनुमन्ते कोरिडोरले महत्वपूर्ण भूमिका खेल्ने बस्नेतको भनाई छ । मध्यपुर थिमि र सुर्यविनायक नगरपालिका बीच कोरिडोरको काममा एकिकृत धारणा बनाएर समस्या आएका स्थानमा समाधान गर्ने सहमति गरेका कारण पनि सो कामले तिव्रता पाएको हो ।

तर, पछिल्लो समय केहि प्रदेश सभा सदस्यले मध्यपुर थिमि वडा नं. ३ र सुर्यविनायक नगरपालिका–३ मा पर्ने स्थानमा काम अघि नबढाउँन भनेपछि केहि दिनयता काम रोनि पुगेको छ । सीमाङकनमा समस्या रहेको भन्दै प्रदेश सभा सदस्यद्धय डा.राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले तत्काल काम रोक्न आग्रह गरेपछि कोरिडोरको काम रोकिएको हो । वर्षा याम शुरु भइसकेको अवस्थामा काम रोक्दा ठुलो धनजनको क्षति हुने भन्दै अन्य जनप्रतिनिधि र स्थानीयवासीले भने काम रोक्ने कार्यप्रति अशन्तुष्टि जनाएका छन् । पिएस गोल्डेनगुड समानान्तर जेभीले सो काम ठेक्कामा गर्दै आएको कम्पनिका प्रबन्ध सञ्चालक निरज थपलिया बताउँनु हुन्छ ।

थपलियाका अनुसार, चारदोवाटो खण्डमा जग्गा विवाद भएपछि सो काम केहि दिनयता रोकिएको छ । दुवै नगरपालिकाले काम सूचारु गराउँन पहल गरिराखेकाले केहि दिनमै काम सुचारु हुनेमा थपलिया विश्वस्त हुनुहुन्छ । वर्षा शुरु भइसकेको अवस्थमा अघि बढीरहेको काममा बाधा पु¥याएको भन्दै स्थानीय जनप्रतिनिधिले दुई वटा नगरपालिकाले तयार गरेको नक्सासहित तत्काल काम अघि बढाउँने वातावारण मिलाउँन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलाई आग्रह गर्न लागेका छन् । स्थानीय र जनप्रतिनिधिले तत्काल काम गर्ने वातावारण नबने त्यसबाट हुने क्षति र परिणामको जिम्मेवारी काम रोक्ने पक्षले लिनुपर्ने बताएका छन् ।

मध्यपुर थिमिका नगर प्रमुख श्रेष्ठ दुई नगरपालिका बीच सीमाङ्कन लगायतका जग्गा व्यवस्थापन गर्ने सहमति भइसकेका कारण काम रोकनु पर्ने अवस्था नरहेको बताउँनु हुन्छ । श्रेष्ठले भन्नुभयो, ‘हामीले दुई नगरपालिकाको सीमाबाट खोला बगाई ल्याण्ड पुलिङका माध्यमबाट जग्गाको व्यवस्थापन गर्ने सहमति गरिसकेका कारण सोहि अवधारणा अनुसार कोरिडोरको काम अघि बढाउँछौ । असारभित्रमा चारदोवाटोबाट बालकोट जाने पुलसम्मको काम सक्नेगरी रोकिएको काम तत्काल अघि बढाउँने प्रमुख श्रेष्ठले बताउँनु भयो ।

सुर्यविनायक नगरपालिका–३ का वडाअध्यक्ष शिवशरण खत्री पनि सबै जनप्रतिनिधि, माननीय, राजनीतिक दलका नेतृत्वबीच सहमति भएर काम अघि बढेको बताउँदै कुनै पक्षबाट पनि काम रोकनु नहुने बताउँनु हुन्छ । पछिल्लो पटक भएको सहमतिले बालकोटका पिडित लगायतका सबै पक्षको माग सम्बोधन गरेको उल्लेखगर्दै अध्यक्ष खत्रीले छिटै काम चालु नभए वर्षाका वेला विपत्ति भोग्नुपर्ने चेतावनी दिनुभयो ।

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री बस्नेतले पनि छिटै विवाद समाधान गरेर काम अघि बढाउँनुको विकल्प नभएको बताउँनु भयो । प्रदेश सभा सांसद प्रतिमा श्रेष्ठले भने दुई वटा नगरपालिकाले आफ्ना जनतालाई राम्ररी बुझाएर विवादमा नआउँने गरी काम अघि बढाउँनु पर्ने बताउँनु भयो ।

प्रतिकृया