• ५ असोज २०८३, सोमबार
  • ७ः१६ बिहान

बर्थ डे केक खाएका १३ जना बिरामी, पसलेविरुद्ध प्रहरीमा उजुरीको तयारी

प्रकाशित मिति

२०७८ भाद्र २० गते, आईतवार ०४:३१

२० भाद्र, २०७८ काठमाडौँ : प्यूठानको सरुमारानी गाउँपालिका-२ दर्भानमा जन्मदिन मनाउन ल्याइएको केक खाँदा १३ जना बिरामी परेका छन् । स्थानीय ६९ वर्षीय एकबहादुर गुरुङको जन्मदिनमा ल्याइएको केक खाएका १३ जना बिरामी भएपछि उनको परिवार बिक्रेताविरूद्व उजुरी दिने तयारीमा छ ।

National Life

बिरामी पर्नेमा एकबहादुर गुरुङ उनकी श्रीमती कुमारी गुरूङ, छोरा गमान सिंह गुरूङसहित विष्णु गुरूङ, राजकुमार विष्ट, शर्मिला गुरूङ, ठगबहादुर गुरूङ, विजय गुरूङ, यमुना गुरूङ, केशव गुरूङ, कृष्णा गुरूङ, तिर्सना गुरूङ र अप्सना गुरूङ रहेको स्थानीय राजकुमार गुरुङले बताए ।


केक खाएको भोलिपल्ट झाडापखाला र वान्ता हुने तथा टाउको दुखेपछि सबैलाई स्थानीय मेडिकलमा भर्ना गरिएको थियो । बिरामी परेकामध्ये १२ जनालाई अस्पतालले चार दिनपछि डिस्चार्ज गरेको गुरुङले बताए । कुमारी गुरूङको भने बुटवलस्थित तिलोत्तमा अस्पतालमा उपचार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गुरुङका अनुसार यो घटना भदौ १५ गतेको हो । केक खाएका सबैलाई खाद्य विषाक्त भएको अस्पतालले जनाएको छ । केक विक्रेताविरुद्व प्रहरीमा उजुरी दिने तयारी रहेको पीडितले बताए ।

प्रतिकृया