• ३ असोज २०८३, शनिबार
  • ८ः१२ राती

थप १०८९ कोरोना संक्रमित, २० जनाको मृत्यु

प्रकाशित मिति

२०७८ भाद्र २० गते, आईतवार ०४:२९

२० भाद्र, २०७८ काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ जनामा र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

National Life

यस्तै पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८३८ पुगेको छ। आइतबार १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया