हुवावेईको ‘पट्याउन मिल्ने स्मार्टफोन’ केहि महिना पछि सार्वजनिक हुने
प्रकाशित मिति
२०७६ असार ५ गते, बिहीबार ११:५१
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईले ‘पट्याउन मिल्ने स्मार्टफोन’ सेप्टेम्बरमा सार्वजनिक गर्न लागेको छ ।
कम्पनीका अधिकारीले यो स्मार्टफोन सेप्टेम्बरमा विश्वभर सार्वजनिक हुने बताएका छन् । नयाँ पुस्ताको इन्टरनेट ५जी इन्टरनेट भएका शहरलाई केन्द्रित गरी यो स्मार्टफोन ल्याइएको हुवावेईले बताएको छ ।

सामसङको पट्याउन मिल्ने स्मार्टफोनमा खराबी देखिएसँगै आफ्नो फोन निर्माणमा निकै सावधानी अपनाइएको हुवावेईका प्रवक्ताले बताएका छन् । आफ्नो लोकप्रियतामा असर पर्ने गरी कुनै पनि उत्पादन सार्वजनिक नगरिने उनको धारणा छ ।

यो स्मार्टफोनले कम्पनीको व्यापारमा उल्लेख्य सुधार आउन सक्ने अपेक्षा छ । यसअघि हुवावेईले आफ्नो ल्यापटप सार्वजनिक गर्ने कार्यक्रम पनि स्थगित गरेको थियो । हुवावेईले अहिले ल्याउन लागेको मेट एक्स गूगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्नेछ । हुवावेईलाई अमेरिकाले कालोसूचीमा राख्नुपूर्व नै यो स्मार्टफोन सार्वजनिक गरिएकाले यो गूगलको अपरेटिङ सिस्टममा चल्ने भएको हो ।
यसैगरी स्पेनले व्यापारिक रुपमा म्याड्रिड र बार्सिलोना लगायत १५ सहरहरुमा चिनियाँ दुरसंचार कम्पनी हुवावेको सहयोगमा सेवा सुरु गरेको छ । यस सँगै ५–जी नेटवर्क सुरु गर्ने स्पेन युरोपका सुरु मध्यको मुलुक भएको छ ।
विश्वकै दोस्रो ठूलो मोबाइल अपरेटर भोडाफोन स्थानिय क्यारियर तीव्र गतीको मोबाइल फोन नेटवर्क लन्च गर्ने पहिलो भएको छ । यो कम्पनीले डाउनलोड गती प्रति सेकेन्ड १ गिगाबाइट हुने जनाएको छ । स्पेनको राजधानी र देशको स्वाशाशित क्षेत्रको राजधानी बाहेक यो सेवा भ्यालेन्सिया, मालागा, सेभिले, जारागोजा, सान सेबास्टिन, बिलबाओ, भिटोरिया, ला कोरुना, भिगो, जिजोन, पाम्प्लोना, सान्टान्डर र लोगोर्नो उपलव्ध हुनेछ ।
हुवावे अमेरिकाको प्रतिबन्धको सूचीमा पर्दै आएको छ । स्पेन भन्दा पहिले दुई युरोपेली मुलुकहरु स्वीट्जरल्यान्ड र संयुक्त अधिराज्य (बेलायत) ले ५–जीको व्यापारिकरण गरिसकेका छन् । यद्यपि वासिङटनले ५–जीको रोलआउटमा हुवावेको प्रविधि प्रयोग नगर्नका लागि आफ्ना मित्र राष्ट्रहरुलाई दबाब दिँदै आएको छ । अमेरिकी दबाबका बावजुद बेलायती सांसदहरुले पाँचौ पुस्ताको प्रविधि प्रयोगमा हुवावेलाई अवरोध गरेका छैनन् । तर मोबाइल अपरेटरहरु ईई र भोडाफोनले पहिलेनै हुवावेको फोनलाई आफ्नो ५–जी लन्चको योजनाबाट त्यागिसकेका छन् ।
यसैबीच दरसंचार कम्पनी सनराइजले हुवावेको साझेदराीमा स्वीट्जरल्यान्डमा पहिलो ५–जी स्मार्टफोनको घोषणा गरिसकेको छ ।




प्रतिकृया