• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

हत्या गरी १३ वर्षदेखि फरार रहेका एक युवा पक्राउ

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ११:१४

पाल्पामा हत्या गरी १३ वर्षदेखि फरार रहेका एक युवा पक्राउ परेका छन् ।

National Life

तानसेन—१२ बौघा पोखराथोकका ३८ वर्षीय सुनित भन्ने टुकलाल भट्टराइलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरी सार्वजनिक गरेको हो ।

स्याङ्जा जगत्रदेवी—२ बस्ने २४ वषीय राजु न्यौपानेको हत्यामा संलग्न रहेको र पुनरावेदन अदालतले १९ वर्ष जेल सजाय तोकेपछि फरार भएका भट्टराइलाई प्रहरीले मंगलबार बुटवलबाट पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

२०६४ भदौ २ मा भट्टराईसहित दुई जना मिलेर न्यौपानेको धारिलो हतियार प्रयोग गरी दोभान गाविस—५ कदमबासमा हत्या गरेका थिए ।

हत्या पछि पक्राउ परेका भट्टराइलाई जिल्ला अदालत पाल्पाले निर्दोष देखाउँदै गर्दै थुनामुक्त गरेको थियो तर पुनरावेदन अदालतले पुन दोषी देखाएकाे थियो ।

भट्टराइ १३ वर्षदेखि भारतमा लुकीछिपी बस्दै आएका थिए । उनलाई नेपाल आएको बेलामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

सो घटनामा संलग्न अन्य २ जनाले भने कैद भुक्तान गरिसकेका छन् । एकै महिलासँग २ पुरूषको प्रेम सम्बन्ध रहेको विषयमा विवाद हुँदा घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिकृया