• १७ असोज २०८३, शनिबार
  • ११ः४४ राती

म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने १ जना पक्राउ

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ०३:४४

९ भाद्र, २०७८ काठमाडौँ : म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवन र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त टोलीले उक्त प्रालि तलासी गर्दा ठूलो परिमाणमा म्याद गुज्रिएका विभिन्न कम्पनीबाट उत्पादित खाद्य सामग्री बिस्कुटहरु, पास्ता, कर्नफ्लेक्स, सेवाई, लगायतका म्याद गुज्रिएका सामानहरुलाई समेत मेसिनद्धारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेभलिङ गरि थोक तथा खुद्राका लागि बिक्री गरिरहेको अबस्थामा फेला पारी खड्कालाई पक्राउ गरेको हो ।


साथै उत्पादन मिति र मूल्य रिलेभलिङ गर्ने डिजिटल मेसिन १ थान र लेभल मेट्न प्रयोग हुने केमिकल १ थान समेत प्रहरीले बरामद गरेको छ । खड्कालाई आवश्यक कारवाहीको लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाडौं पठाईएको तथा हाल फरार सोही प्रालिका संचालक काठमाडौं नयाँ बानेश्वर बस्ने मोरङ घर भएका प्रभात देवको खोजी गरिरहेको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

स्रोत नखुलेको ८५ लाख ५६ हजार सहित ३ जना पक्राउ
काठमाडौँ, स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चण्डोल बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएका ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका-२४ फसिकेस्थित होलिडे ट्रेडिङ प्राईभेट लिमिटेडका संचालक रिन्कु भन्ने अभिशेक अग्रवाल र सोही लिमिटेडमा काम गर्ने काठमाडौं कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका-१३ घर भएका ३६ वर्षीय मधुसूदन त्रिपाठी रहेका छन् ।


महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पौडेललाई काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट नगद ३१ लाख रुपैयाँ सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त नगद पौडेललाई अग्रवालले दिएको खुलेपश्चात अग्रवालको उक्त लिमिटेडमा तलासी गर्दा थप ५४ लाख ५६ हजार रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोक पठाइएको उक्त वृत्तले जनाएको छ ।


विभिन्न वन्यजन्तुको आखेटोपहार सहित पक्राउ
काठमाडौँ,
चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट विभिन्न वन्यजन्तुको आखेटोपहार सहित गोरखा पालुङटार नगरपालिका-५ घर भएका ६५ वर्षीय सोनाम तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई २ थान हुचिलको खुट्टा जस्तो देखिने बस्तु, २ थान हुचिलको पञ्जा जस्तो देखिने बस्तु, २ थान हाल एकिन हुन नसकेको हड्डी, ४ सय ग्राम एकिन हुन नसकेको जनावरको सुकुटी, ३ थान शंख जस्तो देखिने वस्तु, १ थान सेतो टल्कने ढुङ्गा र नगद ४० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागि पुरातत्व विभाग रामसाहपथ तथा तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बर्दिया, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ बस्ने २९ वर्षीय सिताराम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित हरियाली सामुदायिक बनमा थारूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


१ थान भरुवा बन्दुक सहित पक्राउ
जाजरकोट,
नलगाड नगरपालिका-१० कोठी सल्ला बस्ने ५८ वर्षीय मोहन बिकलाई १ थान भरुवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको गोठमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया