• १७ असोज २०८३, शनिबार
  • १०ः४६ राती

काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ देखि १३ गतेसम्म दिइने

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ०३:११

९ भदौ, २०७८ काठमाडौँ : काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि दिइने भएको छ । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गतेदेखि १३ गतेसम्म दोस्रो मात्रा दिइने स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

National Life

खोपको दोस्रो मात्रा करिब २ लाख १६ हजार नागरिकले लगाउने उनले बताए । भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख खड्काको भनाइ छ ।


भदौ ४ गतेदेखि सुरु भएको भेरोसेलको पहिलो मात्रा आज र भोलि पनि खोप अभियान सञ्चालन हुने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया