लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने १४ सांसद को-को हुन् ?
प्रकाशित मिति
२०७८ भाद्र ९ गते, बुधबार ०२:१७
९ भाद्र, २०७८ काठमाडौँ : महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि निर्वाचन आयोगले गराएको सनाखतमा १४ सांसदले हस्ताक्षर गरेका छन् । सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।
त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो । १४ सांसदले सनाखत गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ता हुने निश्चित भएको छ ।
यी हुन् लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने १४ सांसद
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह








प्रतिकृया