• ३ असोज २०८३, शनिबार
  • ६ः०८ बेलुका

सलमान खानलाई विमानस्थलमा रोक्ने जवानको मोबाइल फोन जफत, यस्तो छ कारण

प्रकाशित मिति

२०७८ भाद्र ८ गते, मंगलवार १२:३२

८ भाद्र, २०७८ काठमाडौँ : बलिउडका सुपरस्टार सलमान खान आजकाल आफ्नो ‘टाइगर’ फ्रेन्चाइजकिो तेस्रो फिल्मको सुटिङको विषयमा चर्चामा छन् । टाइगर थ्री टाइगर सिरिजको तेस्रो फिल्म हो जसमा सलमान कट्रिना कैफसँग पुनः देखिनेछन् । सिरिजका दुईवटा फिल्म पहिले नै सुपरहिट भइसकेका छन् । फिल्मको सुटिङको सिलसिलामा हालै उनीहरु विदेश गएका थिए ।

National Life

दुबैलाई केही दिन अघि मुम्बईको एयरपोर्टमा देखिएको थियो । जहाँ ड्युटीमा तैनाथ सीआईएसएफ जवानले सलमान खानलाई रोकेका थिए र आइडेन्टिटी भेरिफिकेशन गराउन भने । सेलिब्रिटी फोटोग्राफर विरल भियानीले यो घटनाको एउटा भिडियो सेयर गरेका थिए, यो सोसल मिडियामा भाइरल भइरहेको छ र मानिसहरु सोसल मिडियामा सुरक्षाकर्मी ड्युटीमा सक्रिय भएको भन्दै प्रशंसा गरिरहेका छन् ।


तर यसैबीच सीआईएसएफ जवान सोमनाथ मोहन्तीको मोबाइल फोन जफत गरिएको छ । वास्तवमा यस्तो यसकारण गरियो ताकि अब सोमनाथ यो मुद्दामा मिडियासँग कुराकानी गर्न नसकून् । भारतीय मिडिया न्यूज१८ मा प्रकाशित रिपोर्टका अनुसार ती अधिकारीले सलमान खानलाई विमानस्थलमा रोकेको विषयमा सोमनाथ मोहन्तीले मिडियासँग कुराकानी गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया