• १७ असोज २०८३, शनिबार
  • २ः४७ दिउँसो

एमाले अब एकता र विभाजनको दोबाटोमा पुग्यो : माधव नेपाल

प्रकाशित मिति

२०७८ श्रावण ३० गते, शनिबार ०४:३४

३० साउन, २०७८ काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् । शनिबार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए । ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको उनको भनाई छ ।

National Life

नेता नेपालले पार्टी अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गरेका छन् । उनले आफूले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गरे । उनले भने–‘हुँदा हुँदा अहिले पार्टीको विधान संशोधन गर्ने प्रस्ताव सुनिसकेपछि भ्रममा परेका साथीहरू, आशा गरेर बसेका मान्छेहरू पनि छर्लङ्ग भएका होलान्, निराश भएका होलान् । छाँगाबाट खसेको स्थितिमा पुगेका होलान् ।’


उनले एकताको कुरा गर्ने वामदेव गौतमले विधान संशोधन गरेर नेकपा एमालेको अध्यक्षलाई कसैलाई पनि गद्दार घोषणा गर्ने अधिकार अध्यक्षलाई रहने भन्ने कुरा थप गर्न सुझाएको कुरा स्मरण गराए । नेता नेपालले भने–‘कसैलाई पनि उहाँले गद्दार घोषणा गर्न सक्नुहुन्छ, कसैलाई पनि आम माफी दिन सक्नुहुन्छ । सर्वशक्तिशाली अध्यक्षको रूपमा विधानमा व्यवस्था गरौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले जब ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा मन नपरेको बताए । उनले भने–‘हामीले राम्रो सुझाव दिँदा मलाई घेराबन्दी गर्ने भन्न थाल्नुभयो । मलाई निर्देशन दिने मान्छे यस धर्तीमा जन्मेको छैन । मलाई मनमा जे आउँछ, स्वेच्छापूर्वक काम गर्नेछु । मेरो आदेश सबैले पालना गर्नुपर्छ भन्ने उहाँको मनोदृष्टि हामीले मनोगत भनेर त्यतिकै भनेका हैनौँ । तथ्य र घटनाक्रमले त्यसलाई पुष्टि गर्दै आइरहेको छ ।’


उनले ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेको तर एकताको कुरा गर्ने साथीहरूले सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो भनेर प्रश्न गरे । केपी ओलीका महासचिवले आउने आउँछन् जाने जान्छन् पार्टी अगाडि बढ्छ भन्ने गरेको पनि नेता नेपालले बताए । त्यस्तो अवस्थामा लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढङ्गले पार्टीलाई अगाडि बढाउने बताए ।


नेता नेपालले ओलीले किन विधान संशोधनको प्रस्तावको नियत बुझ्न कुनै गाह्रो नभएको बताउँदै जथाभाबी रूपमा पार्टीमा पदाधिकारी नियुक्त गरेबाटै प्रस्ट हुने बताए । उनले पार्टीभित्र एकताको कुरा गर्ने नेताहरूलाई लक्षित गर्दै भने–‘हामी भ्रममा परेका छौँ, त्यो विधान पनि खारेज हुन्छ कि, निर्णय फिर्ता हुन्छ कि रु तर फिर्ता भएको छैन । नियुक्त गरिएको एउटा पनि पदाधिकारी हटाएको छैन । उहाँले एकतर्फी रूपमा कदम अगाडि बढाउनुभएको छ ।’


उनले ओलीको नियत छर्लङ्ग भएको बताउँदै अहिलेसम्मको समस्याको कारण ओली कि हामी भन्दै प्रश्न गरे । दुई नेताको झगडाको विषय मात्रै भएको भए बामदेव गौतमले किन विधानमा त्यस्तो कुरा थप्न भनेको रु नेकपा कालमै बहुमत स्थायी समितिले किन ओलीको राजीनामा मागेको रु भन्ने प्रश्न गर्दै त्यसपछि पनि ओलीमा सुधार नभएको बताए ।


उनले भने–‘ओलीमा तपाईँले कुनै सुधारको लक्षण देख्नुभएको छ रु सुधार गरेको कुनै काम देख्नुभएको छ रु उहाँ लोकतान्त्रिक बन्न खोज्नुभएको छ रु उहाँको आदेश त माधवकुमार नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन । उहाँले भनेका एक एक शब्द हेर्ने हो भने उहाँको स्तर बताउँछ । उहाँ कुन तहसम्म मान्छेलाई हियाउन सक्नुहुन्छ, बद्ख्याँई गर्न सक्नुहुन्छ उहाँको स्तर थाहा हुन्छ ।


त्यही भएर बामदेव कमरेडले विधानमा अध्यक्षले गद्दार घोषणा गर्ने व्यवस्था थप गर्न भन्नुभएको होला ।’ उनले ओलीको अत्याचार सहने अवस्था नभएको बताउँदै ओलीसमक्ष आत्मसमर्पण नगर्ने तर पार्टीलाई रूपान्तरण गरेर अघि बढ्ने बताए ।

प्रतिकृया