• २१ असोज २०८३, बुधबार
  • २ः५३ दिउँसो

लुक्लामा ४ दिनदेखि उडान बन्द

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार १२:१४

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ४ दिनदेखि उडान बन्द भएको छ ।

National Life

लुक्ला विमानस्थलका प्रमुख प्रविन श्रेष्ठका अनुसार बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान नभरेको जनाएको छ ।

खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ गएका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् ।  हिउँदमा ह्युमपाइप राखेर सिधा यातायात सञ्चालन भए पनि करीब एक महीनायता पानीको बहाव बढेपछि सवारी आवागमनमा समस्या भएको हो ।

प्रतिकृया