• १३ असोज २०८३, मंगलबार
  • १ः४९ दिउँसो

इतिहास भुलेर कुनै पनि राष्ट्रको भलो हुँदैन : प्रधानसेनापति थापा

प्रकाशित मिति

२०७८ श्रावण १३ गते, बुधबार ११:४०

१३ साउन, २०७८ काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले इतिहास भुलेर कुनै पनि राष्ट्रको भलो नहुने बताएका छन् । सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार भएको उद्घाटनपछिको कार्यक्रममा प्रधानसेनापति थापाले राष्ट्रको अस्तित्वसँग जोडिएको इतिहासको सम्मान गरिनु पर्ने बताएका हुन् ।

National Life

राष्ट्रपति भण्डारीले उद्घाटन गरेपछि प्रधानसेनापति थापाले संग्रहालय कमलामाइ नगरपालिकालाई हस्तान्तरण गरे। सो समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो। सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तक राखिएको छ। सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए।


नेपाल एकीकरणका क्रममा विसं १८२४ अशोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया