• ४ असोज २०८३, आइतबार
  • ४ः४५ बिहान

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ११:२७

१० साउन, २०७८ काठमाडौँ : मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ४ स्थित अर्नहवा घुम्ती नजिक भएको दुर्घटनामा २९ वर्षीय युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

National Life

तर, उनको ठेगाना भने खुलेको छैन। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकल शनिबार राती दुर्घटनामा परेको हो। राति कतिबेला दुर्घटना भयो भन्ने एकिन भएको छैन। मोटरसाइकल बाटो छोडेर अनियन्त्रित भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।


मोटरसाइकल र शवसँगै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया