• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

युवकको बयानः टिकटक भिडियो बनाएर सुपरस्टार बन्न मोवाइल चोरेको हुँ !

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार १२:०६

भारतीय प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेपछि घटनाको खुलासा भएको हो।

National Life

भारतमा एक युवाले मोवाइल चोरेर प्रहरीले लिएको बयानमा एक अनौठो बयान दिएका छन् ।

ती गिरफ्तार गरिएका व्यक्ति टिकटकमा भिडियो बनाएर सुपरस्टार बन्न चाहन्थे। उनले त्यस इच्छालाई मूर्तरूप दिन महँगो फोनको आवश्यक्ता देखे। किन्ने हैसियत थिएन र फलस्वरूप सुपरस्टार हुने चाहानामा उनले महँगो फोनको चोरी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीका अनुसार जतिन छाबंडा नाम गरेका एक व्यक्तिले आफ्नो आईफोन बिक्रीका लागि ८० हजार भारू मूल्य तोकेर अनलाइनमा राखेका थिए।

नागरले सो फोन किन्ने इच्छा व्यक्त गर्दै छाबंडासँग सम्पर्क गरे ।

त्यसपछि उनीहरू फोनको मोलतोल गर्न लागे। नागर फोन किन्न सक्दैनथे। उनले गलत जुक्ती लगाए। मोलतोल चल्दाचल्दै उनी बिचमा नै फोन खोसेर भागे।

छाबंडाले प्रहरीमा त्यसको उजुरी गरे। सोहि उजुरीको आधारमा प्रहरीले ती युवकलाई पक्राउ गर्‍यो।

टिकटकको भिडियो गुणस्तर राम्रो होस बन्नका लागि उनी फोन खोसेर भागेका थिए। उनको चाहना टिकटकबाट सुपरस्टार बनेर पैसा कमाउने थियो। तर यही चाहनाले भारतीय राज्य उत्तर प्रदेशका जतिन नागर नाम गरेका २० वर्षे युवालाई जेल पुर्याइदियो।

 

प्रतिकृया