• ६ असोज २०८३, मंगलबार
  • ११ः२६ बिहान

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप आज नेपाल आइपुग्दै

प्रकाशित मिति

२०७८ असार २८ गते, सोमबार ०८:२१

काठमाडौँ : अमेरिकाले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख बढी डोज खोप आज नेपाल आइपुग्ने भएको छ।अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गरेको र सोमबार बिहान नेपाल आइपुग्ने जनाइएको हो ।

National Life

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताए।राजदूत खतिवडाले भने, “अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

प्रतिकृया