• ८ असोज २०८३, बिहीबार
  • ४ः३६ बेलुका

यस २ कारणले मारिएका थिए, मदन भण्डारी (भिडियोसहित)

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार ०५:३०

काठमाडौँ : यो भनिरहनु पर्दैन कि, मदन भण्डारी अत्यन्तै प्रभाशाली नेता थिए । नेपाली राजनीतिकबृत्तमा उनको जस्तो कलात्मक भाषण गर्ने अर्को ब्यक्ति भेटिएको छैन । त्यसैगरी विचारको सवालमा समेत उनी फरक थिए । मदन भण्डारी यस्तो वेलामा सार्वजनिक भएका थिए, जतिवेला संसारका कम्यूनिष्टहरु ओरालो यात्रामा थिए । खासगरी पूर्वी युरोप र सोभियत युनियन चकनाचुर हुँदै थिए ।

National Life

यही वेलामा हो, मदनले कम्यूनिष्टहरुको अवको बाटो यस्तो हुनुपर्छ भन्दै ‘बहुदलीय जनबाद’ नामक नयाँ सिद्धान्त प्रतिपादन गरेको । २०४७ सालमा सार्वजनिक भएर २०५० साल जेठ ३ मा रहस्यमयी ढंगले मृत्यु हुँदासम्मको समय मात्रै तीन बर्ष हो । यही तीन बर्षमा मदनले मुलुक भित्र मात्र होइन, संसारका कम्यूनिष्ट विरोधी र राष्ट्रबादी नेपाली देख्नै नसक्ने दक्षिणी शक्तिहरुको समेत मुटु हल्लाइदिए ।


मदनको मृत्युलाई कसैले पनि स्वभाविक मानेन । किनभने त्यो मृत्युको अघि र पछिका धेरै घटनाहरु रहस्यमयी छन् । उनलाई कुन कुन पक्ष मिलेर सके ? भन्ने सवालमा पनि विश्लेषक र भुक्तभोगीहरुको मत लगभग एउटै छ । आम मत मिलाउँदा पश्चिमा शक्ति जो कम्यूनिष्टहरुको पुर्नउदय देख्न सक्दैन थियो । र, दक्षिणी शक्ति जो राष्ट्रबादी लहर सुन्नै सक्दैनथ्यो । यी दुई शक्ति मिलेर मदन भण्डारीको सफाया गरेको निश्कर्ष निकालियो भने त्यो सत्यको नजिक हुने आम विश्लेषण रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आजको रिपोर्टमा हामी मदन भण्डारीको रहस्यमयी हत्याका सम्बन्धमा केन्द्रीत हुने छौं र सुनाउनेछौं, उनको हत्याका दुई कारण । पहिलो कारण हो, उनी राष्ट्रबादी हुनु ।

बाँकी हेर्नुहोस् भिडियोमा

प्रतिकृया