• ६ असोज २०८३, मंगलबार
  • ९ः३३ बिहान

ग्राहक पर्खिरहेको कुलेश्वरको फलफुल बजार

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार १२:१४

काठमाडौँ : निषेधाज्ञाका बिच पनि काठमाडौँको कुलेश्वरमा रहेको फलफुल थोक बजार भने दैनिक केही घण्टा नियमित सञ्चालन भइरहेको छ । फलफुल बजार हरेक दिन बिहान ६ देखि ११ बजेसम्म खुला हुने गरेको छ ।

National Life

भारत तथा नेपालका विभिन्न स्थानबाट आउने मौसमी तथा बेमौसमी फलफुलहरु थोक मूल्यमा खरिद गरि खुद्रामा बेच्न व्यापारीहरुले यहाँबाट लैजाने गरेका छन् । सामान्य अवस्थामा जस्तो दिनभर बजार नखुल्दा समस्या भए पनि निर्धारण गरिएको समयमा खुद्रा व्यापारीहरुले यहाँबाट फलफुल किन्ने गरेका छन् । तर सामान्य अवस्था जस्तो सहज भने छैन ।


अधिकांश पसलहरुले ग्राहक पर्खिरहेको देखिन्छ । अहिले विशेष गरि आँप, केरा, मेवा तथा खर्बुजासहितका फलफुलहरु बढि बिक्री हुने गरेको व्यवसायीले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया