• ६ असोज २०८३, मंगलबार
  • ३ः४० राती

बाढी पहिरो पीडितहरुका लागि कलाकारहरुको अभियान, करिश्माबाट एक लाख सहयोग

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०५:१३

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्चीलगायतका स्थानमा आएको बाढी पहिरोबाट पीडितहरुका लागि कलाकारहरुले राहत सहयोग अभियान संचालनमा ल्याएका छन् । बाढी पहिरोका कारण घरबारविहीन भएर बिचल्लीमा परेका सिन्धुपाल्चोकका स्थानीयबासीको सहयोगका लागि कलाकारहरु जुटेका हुन् ।

National Life

मेलम्ची नदीमा आएको बाढीले भत्काएको संरचना पुनर्निर्माणका लागि आर्थिक सहायता जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन गरेपछि कलाकारहरु अभियानमा जुटेका हुन् । अभिनेत्री करिश्मा मानन्धरले आर्थिक सहयोगको घोषणा गर्दै ओत लाग्ने छानोको व्यवस्था गर्न एक लाख प्रदान गर्ने घोषणा गरिसकेकी छन् ।


त्यस्तै नायिका स्वेता खड्का, पूजा शर्मा, आँचल शर्मा लगायतले मेलम्ची पुगेर राहत वितरण गरिसकेका छन् । निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्का पनि मेलम्ची पुगेर राहत वितरण गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया