• ६ असोज २०८३, मंगलबार
  • ४ः२८ बिहान

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०५:१९

काठमाडौँ : दाङको लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २ जना युवा फरार रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

National Life

पक्राउ पर्नेमा करिव २१ वर्षीय किरण बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको खोजी कार्य भैरहेको छ । गएराति कमानपुरमा रहेको सिमेन्ट कम्पनी जाने बाटोमा अन्दाजी करिब १० बजेको समयमा एक टिप्परलाई रोकी ३ जना युवाहरुको समूहले धारिलो हतियार देखाउँदै टिप्पर चालकलाई लुटपाट गरि टिप्परमा रहेका चालकका श्रीमति र आफन्तलाई जवरजस्ती करणी गरेको पीडितको भनाई रहेको छ ।


‘हामी रोल्पाको होलेरीबाट सिमेन्ट कम्पनीका लागि कच्चा पदार्थ लिएर आएका थियौ। सिमेन्ट कम्पनीमा सामान झारेर लमही फर्कने क्रममा बाटोमा मोटर साइकल लिएर तेर्साए’–पीडित चालकले भने–‘त्यसपछि धारिलो हतियार देखाउँदै सुनका गरगहना ,मोबाइल र नगद ४५ हजार लुटे । र, महिलाहरुलाई जवरजस्ती गरे ।’

Classic Tech Mobile
Classic Tech Desktop

यता वडा प्रहरी कार्यलयका प्रमुखका अनुसार पीडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा दिएको जाहेरीका आधारमा एक जनालाई पक्राउ गरिएको हो ।

प्रतिकृया