• २८ भदौ २०८३, आइतबार
  • २ः३१ दिउँसो

पानीको ट्यांकीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ११:४८

पोखरामा बुधबार साँझ साथीसँग खेल्ने क्रममा घरको भर्‍याङमुनि रहेको पानीको ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

National Life

मृत्यु हुनेमा स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइराला रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

ट्यांकीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया