• २४ भदौ २०८३, बुधबार
  • ८ः२४ बिहान

महालक्ष्मी नगरपालिकाले सुरु गर्यो कोभिड-१९ विरुद्धको भेरोसिल खोप कार्यक्रम

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०४:१६

काठमाण्डौं: १४ गते देखि महालक्ष्मी नगरपालिका वडा नं ८ स्थित लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा  कोभिड-१९ विरुद्धको भेरोसिल खोप कार्यक्रम सुरु भएको छ।

National Life

 

कोभिड -१९ विरुद्धको भेरोसिल खोप कार्यक्रमको नगर प्रमुख  रामेश्वर श्रेष्ठ, नगर उपप्रमुख  निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत  पुरुषोत्तम सापकोटा, वडा नं ८ का वडा अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखसहितको टोलीबाट अनुगमन गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

खोप कार्यक्रममार्फत १८ देखि ५९ वर्षका लक्षित समूहहरूमा पर्ने व्यक्तिहरूलाई खोप लगाइने भएको छ । अनुगमनको क्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले खोप कार्यक्रममा सहि तरिकाले मास्कको प्रयोग गर्ने, भौतिक दुरी  कायम गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न र भीडलाई टोकन प्रणाली मार्फत नियन्त्रित गर्न निर्देशन दिएका थिए। साथै,  महालक्ष्मी नगरपालिका भित्रका वासिन्दाहरू सबैलाई पुग्ने खोपको व्यवस्थापन गर्न अधिकतम प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । आजको खोप कार्यक्रममा कम्तीमा १००० जनालाई खोप लगाउने लक्ष्य रहेको छ र खोप कार्यक्रमलाई भोलि पनि निरन्तरता दिइने छ ।

 

प्रतिकृया