आज रवि लामिछाने किन जाँदै छन् भारत भ्रमणमा ?
प्रकाशित मिति
२०८३ जेष्ठ १८ गते, सोमबार ०९:२८
१८ जेठ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन्।रास्वपाका अनुसार नितिन नवीन को निमन्त्रणामा लामिछाने जेठ २२ गतेसम्म भारत भ्रमणमा रहनेछन्। रास्वपाका प्रवक्ता मनिष झा ले आइतबार प्रेस विज्ञप्तिमार्फत भ्रमणबारे जानकारी दिएका हुन्।

भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्ली मा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेतृत्वसँग द्विपक्षीय हित, नेपाल–भारत सम्बन्ध तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछन्।

राजनीतिक भेटघाटका अतिरिक्त उनले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ। भ्रमणकै क्रममा उनले अयोध्या को व्यक्तिगत भ्रमण समेत गर्नेछन्।

लामिछानेको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा जान लागेको हो। टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेका छन्।
रास्वपाले भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटघाट तथा कार्यक्रम व्यवस्थापनका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावास ले आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ।




प्रतिकृया