• १ भदौ २०८३, मंगलबार
  • १:२६ बिहान

पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्चले माग्यो ५० लाख धरौटी

प्रकाशित मिति

२०८३ जेष्ठ ६ गते, बुधबार ०४:४७

६ जेठ २०८३ काठमाडौं – राजकुमार गुप्ता सँग सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका गुप्तालाई सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टीमा रिहा गर्दै मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

विशेष अदालतले २०८२ पुस १७ गते गुप्तालाई थुनामा राख्न आदेश दिएको थियो । यस्तै सर्वोच्चले रन्जिता श्रेष्ठ सम्बन्धी विशेष अदालतको आदेश भने सदर गरेको छ ।

Kamana Sewa

प्रतिकृया