• ५ असोज २०८३, सोमबार
  • १०ः४४ बिहान

यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार महत्वपूर्ण निर्णय सार्वजनिक

प्रकाशित मिति

२०८३ बैशाख २५ गते, शुक्रबार ०१:४९

२५ बैशाख २०८३ काठमाडौं- सरकारले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिएका हुन्।

National Life

प्रवक्ता पोखरेलका अनुसार विभिन्न मुलुकमा कार्यरत १५ जना अनररी कन्सुल जनरल तथा कन्सुललाई जिम्मेवारीबाट हटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यससँगै मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम संगठनका दस्तावेज अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर–२९ अनुमोदनका लागि सङ्घीय संसद्समक्ष पेस गर्न अनुमति दिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, श्रम निरीक्षण सम्बन्धी महासन्धि १९४७ नम्बर–८१ लाई पनि अनुमोदनका लागि संसद्मा पेस गर्न सरकारबाट स्वीकृति दिइएको प्रवक्ता पोखरेलले बताएका छन्।

प्रतिकृया