• ५ असोज २०८३, सोमबार
  • ९ः२९ बिहान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तान्दै

प्रकाशित मिति

२०८३ बैशाख २५ गते, शुक्रबार ०१:३९

२५ बैशाख २०८३ काठमाडौं- बजारमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक ले आज ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले दिउँसो ३ बजे बोलकबोलमार्फत निक्षेप संकलन गर्न लागेको जनाएको हो।

National Life

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा गरिनेछ। साथै, बहुब्याजदर प्रणालीअनुसार एउटै संस्थाले विभिन्न ब्याजदरमा बहुबोलकबोल गर्न सक्ने व्यवस्था पनि गरिएको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकका अनुसार उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी साउन २७ गते गरिनेछ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदै गएपछि राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम तान्दै आएको छ।

प्रतिकृया