गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण, किसानलाई राहत
प्रकाशित मिति
२०८२ चैत्र २८ गते, शनिबार ०९:४२
२८ चैत,२०८२ काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय की मन्त्री गीता चौधरी को पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। नयाँ सरकार गठन भएलगत्तै गरिएको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ र चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा कायम गरिएको हो।
उक्त मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानका लागि निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। यदि चिस्यान १८ प्रतिशतभन्दा बढी भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर मूल्य कायम गरिने व्यवस्था गरिएको छ।
गत आर्थिक वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विन्टल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको मूल्य ५५ रुपैयाँ ८ पैसा बढाइएको हो। अघिल्लो वर्ष गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा र चैते धानको मूल्य २ हजार ८ सय १ रुपैयाँ ४१ पैसा प्रतिक्विन्टल थियो।
सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि उत्पादनमा वृद्धि प्रोत्साहन गर्न हरेक वर्ष न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ।






प्रतिकृया